काठमाण्डौ – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो सोमवार काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।
वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद् सजिना शाक्यका अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ ।
आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् ।
बिबियु
नारी बाटिका संवाददाता
काठमाडौं २६ वैशाख ।
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीु
कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
आज वैशाख कृष्णपक्षको औंसी,अर्थात मातातिर्थ औंशी तथा,आमाको श्रद्धाभक्ती गर्ने दिन हो । उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । धर्म शास्त्रहरुमा आमालाई पिता भन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो मसिनो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आजको दिनमा विशेष आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ ।
आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।
संसारको सबैभन्दा पवित्र नाता, आमा
संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा
हामीमध्य धेरैले सर्व प्रथम बोल्न सीकेको शब्द, आमा
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने जसको अमुल्य एउटा अनुहार, आमा नै हुन् ।
आजको दिन बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमा घर अर्थात माइत पुग्दछन् ।
वाध्यता र परिस्थितीबस आमालाई भेट्न नपाएका सन्तानहरुले भने संचारका साधनहरु मार्फत आमालाई सम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ ।
आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध ,तर्पण गरी मातृत्वको स्मरण गर्ने गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्ने गर्दछन् ।
तपाँई पनि आमावाट पर हुनुहुन्छ भने एकफेर आमालाई फोन गरेर आवाज सुन्ने गर्नास् या आमाको याद अनि स्मरण गर्दै साथीभाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको याद ताजा गर्ने गर्नास् । तर जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस्, आमाको माया र वहाँले खुवाउनु भएका दशधारा दुधका धर्साहरु प्रति हामी वफादार र ईमान्दार हुन जरुरी छ ।
आज भोली विभिन्न कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन वढ्दै गएको छ, जून मानवता प्रतिनै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरु आफैलाई फर्किने समय पनि आँउछ, वगेको समयमा आफ्नो दायीत्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है ।
मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो ।
त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनस् अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशस् हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमाको निधन भैसकेको थियो । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएन । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए ।
यस्तै उक्त दिन बैशाख कृष्णपक्ष औंसी कै दिन थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले ।
पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आफ्ना सन्तानले आमालाई संधै सम्झने मात्रै नभई मायाँ ,ममता,हेरचाह,गर्ने दायित्व रहन्छ । तरपनि आजको दिन विशेष आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर खेलाउँदै पालिन ,आफ्ना हजार कष्ट भुलेर हाम्रै मायाँमा आफ्नो जिवनको अन्त्य गरिन् ।
देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहना पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।
स्रोत : धार्मिक ग्रन्थहरु
ज्यो. गुरु दिवाकर पन्त
२०८० वैशाख १
तपाईको २०८१ को वार्षिक भविश्यवाणी, कस्तो छ त राशि अनुसारको फल ? विस्तिउत दिएको छ । नयाँ बर्ष २०८१ आज (शनिबार)बाट शूरु भएको छ । २०८० साललाई विदाई गरी नयाँ बर्षका रुपमा २०८१ साललाई स्वागत गर्दै गर्दा राशिअनुसार तपाइँको नयाँ बर्ष कस्तो रहला ? हेर्नुहोस राशि अनुसार नयाँ बर्ष २०८१ः
मेष
यस राशिका व्यक्तिहरुलाई केही सकारात्मक रहने छ । आर्थिक उन्नतिका लागि धन आर्जनमा गति मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ भने प्रतिष्पर्धीहरुले हेप्न सक्ने छैनन् । वैवाहिक जीवनमा मधुरता आउने छ । वैदेशिक रोजगारीमा सफलता मिल्ने छ । तिक्ष्ण बुद्धिमा हुने बृद्धिले उपयुक्त समयमा उपयुक्त विचार आउँदा निर्णय क्षमतामा बृद्धि हुने छ । रोग व्याधीको त्रास भने रहने छ । घर घडेरी जोड्ने बर्षका रुपमा नयाँ बर्ष रहने छ ।
बृष
आर्थिक बृद्धिमा तिब्रता आउने छ । डुबेका रकम उठ्ने छ । तर विरोधीहरुको संख्यामा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा जीत कम हुने छ । सवारीसाधनजन्य विषयमा सतर्क रहनु पर्ने देखिन्छ । मान सम्मानमा कमि आउने छ भने आर्थिक पक्ष भने बढोत्तरीमा नै रहने छ । वैवाहिक सुख औसत रहने छ । यात्रामा सफलता मिल्ने छ ।
मिथुन
खर्च असाध्यै बढ्ने छ । विशेषगरी रोगव्याधीको उपचारमा अस्पतालजन्य खर्चमा बृद्धि हुने छ । दाम्पत्य जीवनमा कटुताको मात्रामा ह्वात्तै बृद्धि हुने छ । सन्तान सम्बन्धी तापले सताउने छ । वैदेशिक रोजगारीमा रहनेहरुका लागि समस्य अनुकुल नै रहने छ । धार्मिक र आध्यात्मिक स्वाभावमा बृद्धि हुने छ । राजनीतिमा सक्रिय र सरकारी सेवामा रहेकाहरुलाई लाभ मिल्ने छ ।
कर्कट
बौद्धिक क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । साथै सृजनशिल क्षेत्रमा प्रगति हुने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । सडक र सवारीसाधन सम्बन्धी विषयमा सावधानी अपनाउनु होला । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । तर सेवामा आवद्धहरुका लागि आर्थिक पक्ष औसत रहने छ । रोग व्याधीका विषयमा सतर्क रहनु होला ।
सिंह
यस बर्ष सामान्य रहने छ । खासै प्रगति पनि नहुने र अधोगति पनि नहुने समय छ । असाध्य खालका रोग व्याधीले सताउने छ । विदेश जाने सोचमा तिब्र बृद्धि आउने छ भने विदेशमा रहेकाहरुलाई मध्यम समय रहने छ । आर्थिक अवस्था पनि मध्यम खालको रहने छ । दाम्पत्य जीवनमा केही तिक्तता आउन जाने छ । सन्तानका कारण विदेश यात्रामा जाने अवसर प्राप्त हुने छ । प्रेममा सफलता प्राप्त हुने छ ।
कन्या
मान सम्मानमा बृद्धि हुने छ । विभिन्न अवार्ड प्राप्त हुने र सम्मानित हुने अवसर प्राप्त हुने छ । सन्तानका गतिविधीबाट परिवारमा गर्व उत्पन्न हुने छ । तर अन्य परिवारका सदस्यहरुसँग तिक्तता बृद्धि हुने छ । यात्रामा झमेला उत्पन्न हुन जाने छ । आर्थिक गतिविधिमा भन्दा बौद्धिक उचाई प्राप्त गर्न मन केन्द्रीत हुने छ । बौद्धिकताको स्तर र आर्थिक अवस्थाका बीचमा उत्पन्न हुने खाडलले व्यवहारिक सन्तुलन बिगार्ने छ ।
तुला
नयाँ बर्ष मिश्रित बर्षका रुपमा रहने छ । विशेष गरी परिवारमा किचलोको अवस्था आउने छ । संक्रामक खालका रोगव्याधीप्रति निकै सतर्क रहनु पर्ने देखिन्छ । धार्मिक स्वाभावमा तिब्रता आउने र यात्रा पनि हुने छ । सहयोगी विचार आउने छ । आर्थिक सन्तुलनमा केही बदलाव आई दबाब सृजना हुने छ । अनावश्यक क्षेत्रको खर्च बढ्न जाने छ । दुर्घटना जस्ता विषयमा सतर्क रहनु होला ।
बृश्चिक
बोलीको प्रभाव बढ्ने छ । ठुलाबडाको विश्वास छिट्टै प्राप्त हुने छ । सामाजिक छविमा सुधार आउने छ । आलोचना गर्नेहरुको मनोबल कमजोर बन्ने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । घर घडेरी जोड्ने अवसर आउने छ । विदेशमा रहनेहरुका लागि भने मध्यम बर्ष रहने छ । राजनीतिक रुपमा फाइदा मिल्ने छ । व्यापार विजनेशमा केही बृद्धि होला ।
धनु
धार्मिक रुचिमा बढोत्तरी हुने छ । विश्वास गरेकाहरुबाट सहयोग प्राप्त हुने छ । अध्ययनमा गिरावट आउने छ । व्यावहारिक सोच हुने हुँदा सैद्धान्तिक कुराहरु भन्दा तत्काल गरिहाल्नु पर्ने विषयमा बढि ध्यान जाने छ । सहयोगी स्वाभावले गर्दा समाजमा राम्रो छवि बन्ने छ । बढि बोल्ने बानी भने सुधार्नु पर्ने छ ।
मकर
नयाँ सवारीसाधन जोड्न सकिने छ । सेवा क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । धर्म अध्यात्ममा तिब्रता आउने छ । यात्रा पनि हुने र नयाँ नयाँ क्षेत्रका व्यक्तिहरुसँग सम्बन्ध विस्तार हुने छ । स्वास्थ्य सम्बन्धी विषयमा भने सतर्क रहनु पर्ने देखिन्छ । परिवार र समाजमा छविमा सुधार आउने छ । एकांकी स्वाभावले गर्दा घुलनशिलतामा केही कमि देखिने छ । सहयोगी भावनामा बृद्धि हुने छ । खर्च नियन्त्रणमा ध्यान दिनु होला ।
कुम्भ
संयमता सहित कदम चाल्नु पर्ने देखिन्छ । विशेषगरी स्वास्थ्यमा समस्या आउने छ भने खर्चमा ह्वात्तै बृद्धि हुन जाने छ । मित्रहरुबाट अपेक्षाकृत सहयोग मिल्ने छैन जसले गर्दा विश्वासको कमि उत्पन्न गराउने छ । बोलीको प्रभावमा कमि आउने छ । औद्योगिक क्षेत्रमा आवद्धहरु आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । रोजगारी गुमाउने भयले हरदम सताउने छ । दाम्पत्य जीवनमा कटुता बढ्ने छ ।
मीन
आँटेका कामहरु निकै ढिला गरी पुरा हुने छन् । बढि संघर्ष गर्दा पनि नतिजा निकै न्युन हुन जाँदा मनमा निराशा आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । व्यावहारिक भन्दा आदर्शवादी चिन्तनका कारण अरुले सहजै लिन सक्ने छैनन् । आर्थिक सन्तुलनमा गिरावट आउने छ । विदेश यात्रामा कठिनाई हुने छ । परिवारबाट हुने सहयोगले केही ढाडस भने दिने छ । सेवाको क्षेत्रमा रहेकाहरुको पेशागत क्षेत्रमा केही पदोन्नति मिल्ने छ ।
अनलाईन बाट साभार
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)
काठमाडौँ २० माघ ।
अहिले राजीनामा दिएको छु, बाँकी कुरा पछी खुलाउने भन्दै त्रिभुवन विमानस्थलका सुरक्षा प्रमख डिआईजी अर्जुन चन्दले राजिनामा दिनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले पदबाट राजीनामा दिएको बताउनु भएको छ ।
उहाँले तर अहिले सुरक्षाकर्मीमाथी अन्याय भएको आदी केही खुलाउनु भएको छैन । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही पनि भन्दिनँ।”
विमानस्थलको सुरक्षा र चेक जाँचको विषयलाई लिएर केही समय अगाडी अध्यागमनका कर्मचारी र सुरक्षा कर्मीकाबिचमा हात हालाहाल भएको थियो । कर्मचारीको गल्ति देखिएर पनि सुरक्षा निकायप्रति सरकार उदासिन देखिएको भन्दै यतिबेला चौतर्फी रुपमा सरकारको आलोचना भैईरहेको छ ।
यस्तो अबस्थामा विमानस्थलकै सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषयले हेरिएको छ । चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्त सम्म रहेको थियो ।
काठमाडौँ ६ माघ ।
सपना भुलाई सारा आँसु लिएर जाऊ’ ” वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको सुक्रबार निधन भएको छ । गायक,सङ्गीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान ७७ वर्षको उमेरमा सुनधारास्थित काठमाडौँ न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
उहाँलाई बिहीबार बेलुका अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उक्त अस्पताल भर्ना गरिएको थियो । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
बरिष्ठ गायक तथा सङ्गीतकार योगेशको शवलाई सुक्रबारै अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।योगेशको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी छन् ।
उहाँले गाउनु भएको किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।’ रेकर्ड गराएपछि उहाँ साङ्गीतिक क्षेत्रमा चर्चामा आउनु भएको थियो । त्यसपछि उहाँले एउटा नेवारी गीत जीवन जिगु‘ पनि गाउनु भएको छ ।
सपना भुलाई सारा’ योगेशले २०४४ सालमा गाएको गीत ‘ नेपाली गीत सङ्गीतमा कालजयी गीत मानिन्छ ।उहाँ नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुनुहुन्थ्यो । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका थुप्रै गीत आजपनि उत्तिकै लोकप्रिय छन् ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गर्नु भएको छ । तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा बिताउनु भएको थियो ।
भगवती बिबियु
काठमाडौं १९ मंसिर ।
आज ऐतिहासिक पुरुप स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस हो । मंगलबार स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवसका अवसरमा विभिन्न कलाकार संघ संस्थाहरुले उहाँको स्मरण गरी मनाउँदै छन् ।
नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा परिचित हुनुहुन्छ । उहाँको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गतेका दिन भएको थियो। उहाँले २० दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नु भएको थियो ।
उहाँले ३० वर्षको लामो अवधीसम्म गायनयात्रामा १३७ वटा मनछुने भावविहोल जस्ता गीत गाएको संगीतका अध्येता तथा सहकर्मीहरु बताउँछन्। आधुनिक गीतका साथै उहाँले केही चलचित्रका पनि गित गाउनु भएको छ । साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उहाँले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गर्नु भएको थियो ।
दार्जिलिङबाट राजधानी आउनु भएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाउनु भएको छ । योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएर मित्रत्रा अघि बढाउनु भएको रहेछ ।
नारायणगोपालले ‘स्वोर दिनु भएका श्रद्धाको फूल चढाइदिनु’,‘दुईटा फूल द्यौरालीमा’, ‘बुझ्नै सकिनौ तिमीले’, ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, आजै र राति के देखेँ सपना’,‘पोखिएर घामको झुल्का’, गित गाउनु भएको छ ।
यस्तै ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ र ‘सिरीमा सिरी नि कान्छा’ लगायतका मिठा र भावनामा वगिएका गीत गाएर नेपालीका मन मुटुमा बास गर्नु भएको छ ।
भक्तराज आचार्य, फत्तेमान, अरुणा लामा लगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका उहाँको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो। यो गीत शुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उहाँको निधनपछि ढकालले स्वर दिएका थिए । यसलाई लोचन भट्टराईले समेत गाएकी छिन् ।
उहाँको निधन २०४७ मंसिर १९ गते भएको थियो । गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बा श्रीलागायत प्रतिष्ठित पुरस्कार पाउनु भएका उहाँलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो पुरस्कार समेत प्रदान गरिएको थियो।
उहाँले दार्जिलिङकी पेमला लामा सँग विवाह गर्नु भएको थियो भने उहाँको दम्पती निःसन्तान रहनु पर्यो । त्यस्तै उहाँकी धर्मपत्नी पेमलामाको पनि निधन भइसकेको छ।
काठमाडौं १७ मंसिर ।
सरकारी भवनदेखी राजनीतिक दलका कार्यालयहरु अधिकाँश जस्तै अपाङ्गमैत्री नहुंदा अपाङ्गता वर्गहरुले समस्या भोगिरहेको छन् । अन्तर्रराष्ट्रिय देखी राष्ट्रिय रुपमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरी मनाईँन्छ भने विशेष गरी सरकारदेखी राजनितिक दलका नेताहरुले यस क्षेत्रमा विशेष महत्व दिने कुरा गर्ने गर्दछन् । तर हाम्रो समाजमा विगतदेखी नै अपाङ्गताको पक्षमा सवाल उठाईरहदा मुख्य सवाल चैं के हो ? भन्ने पश्न उठिरहन्छ ।
अपाङ्गता भएका वर्गले सरकारी सेवासुविधा लिनको लागी राज्यको सरकारी कार्यलयमा सेवा लिन जानु पर्ने हुन्छ । भवनदेखी राजनीतिक दलका कार्यालयहरु अधिकाँश जस्तै अपाङ्गमैत्री छैनन्। राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन्, त्यसको उदाहरण राजनीतिक दल नै हुन् ।
आज आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, पुराना र नयाँ हुन् कि ठूला वा साना हुन्, देश हाँक्ने कुनै पनि राजनीतिक दलका कार्यालय अपाङ्गतामैत्री छैनन्। ती दलका वडा तहसम्म संरचना र कार्यालय भए पनि केन्द्रीय कार्यालयमा नै शारीरिक अपाङ्गता भएका व्यक्तिले सहज पहुँच पाउँदैनन् । यसो हुँदा दलीय प्रतिनिधित्वका आधारमा राज्यमा सहभागिता पाउन अपाङ्गता भएका व्यक्ति वञ्चित भएका छन् ।
देशको मुख्य ठला दल मध्यका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका केन्द्रीय कार्यालयको यी मध्ये कुनै दलका कार्यालय अपाङ्गतामैत्री पाइएनन् भनेर विभिन्न पत्रपत्रिका र अनलाईनहरुले समचार लेखेका छन् ।
कुनै दलका कार्यालयको भुइँतलामा र्याम्प अर्थात् भिरालो बनाइए पनि अपाङ्गता भएका व्यक्ति पहिलो तलामा चढ्दा घस्रिँदै जानु पर्छ। मुख्य संरचना मात्रै होइन, अपाङ्गता भएका व्यक्तिले त्यहाँ गएर शौचालय प्रयोग गर्न पनि समस्या पर्ने गरेको छ।
‘नेपाली काँग्रेसका शीर्ष नेताको कार्यालय तीन तलामाथि छ, अपाङ्गता भएका व्यक्तिले भेट्न समस्या हुन्छ’, अपाङ्गतामैत्री नभएको भन्दै उनिहरुलाई अप्ठ्यारो परेको बताउछन् । लिफ्ट बनाउने छलफल चलिरहेको छ, चाँडै निर्माण होस्, हाम्रो माग यही हो ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि लिफ्ट बनाउने ठाउँ भए पनि निर्माणकै चरणमा रहेको र्याम्प नभएको बताउनु हुन्छ ।
अन्य राजनितिक दलहरुको पनि भनाई उस्तै रहेको छ । यस विषयमा सबैको चासो रहेको पाईन्छ । तर सवलमा कार्यन्वयन भने हुन सकेका छनन् ,धेरै जसो सन्चार माध्यमहरुले यसको सवलमा लेखेका छन् ।
जाजरकोट, १४ मंसिर ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले कठ्यांग्रिएर फेरी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा निमो गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षा बादी रहेकी छिन् ।
बालिकाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो । निमोनिया भएपछि निजलाई अस्पताल लैजाने क्रममा बालिकाको मृत्यु भएको हो ।
छेडागाडस्थित मटेलामा बालिकाको निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी गराएका दिनु भयो । गत कात्तिक १७ गतेको भूकम्पले घर भत्कीएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए।
एक सरो त्रिपालको भरमा खुल्ला आकाश मुनी रात कटाई रहेका भुकम्प प्रभावितहरु चिसोका कारण केहीको मृत्यु भईसकेको छ भने धेरैजना चिसोका कारण बिरामी पर्न थालेका छन्।
धादिङ – १२ मंसिर ।
नारी वाटिका संवाददाता
जिल्ला प्रहरी कार्यलय धादिङले चोरी भएको स्कुटर सहित चोरी गर्ने मानिस पक्राउ गरेको छ । पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका वडा नं.६ वस्ने वर्ष २६ को अमृत वहादुर कार्की रहेका छन् ।
कार्कीले यही मंसिर ७ गते विहान अन्दाजी ७ वजेको समयमा जिल्ला धादिङ सोही गाउँपालिका वडा नं.५ स्थित मझुवाटोलमा पार्किङ गरी राखेको बा.प्र.०२.०३८प ७८३३ नम्वरको स्कुटर तथा स्कुटरको डिक्कीमा राखेको चाँदीको सिक्री समेत चोरी गरेका थिए ।
अज्ञात मानिसले स्कुटर चोरी गरी फरार रहेको भन्ने सुचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा उक्त नम्वरको स्कुटर जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.६ वस्ने वर्ष २६ को अमृत वहादुर कार्कीले चोरी गरेको भन्ने खुल्न आएको हो ।
निज अमृत वहादुर कार्कीलाई यही मंसिर १० गते चोरी गरेको बा.प्र.०२ ०३८प ७८३३ नम्वरको स्कुटर तथा चाँदीको जस्तो देखिने धातुको सिक्री सहित पक्राउ गरीएको थियो ।
साथै निजलाई शोमबार धादिङ जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुमती लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रशाद जैसवारले यस नारी वाटिका डटकमलाई जानकारी दिनु भयो ।
जाजरकोट,१२ मंसिर।
(लैंगिक हिंसा बिरुद्धको १६ दिने दिवस मनाई रहदा जाजरकोटका ११ सय सुत्केरीको कारुणिक अवस्था’)
जाजरकोटमा सुत्केरी आमा तथा नवजात शिशु त्रिपालमुनी रात बिताउँदै जिउने आशामा दिन गुजार्दैको कारुणिक अबस्थामा छन् । देशैभर लैंगिक हिंसा बिरुद्धको चर्चा चलि रहंदा जाजरकोटमा भने करिब ११ सय सुत्केरी आमा तथा नवजात शिशु त्रिपालमुनी रात बिताउन वाध्य छन् ।
यतिबेला देशैभर महिलाको हक,अधिकार र न्यायको कुरा गर्दै लैंगिक हिंसा बिरुद्धको अभियानले हिंसा अन्त्यको लागी सहयोग पुर्याओस भनि सचेतनामुलक कार्यक्रम गर्दै दिवस मनाईंरहेको अबस्थामा जाजरकोटका सुत्केरी महिलाको भने हरी बिजोग देखिएको छ ।
सबै प्रकारको महिला अधिकारको कुरा गर्दै अहिले देशव्यापी रुपमा मनाईने महिला माथीको हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेछ । तर भुकम्प प्रभाबित मातृशिशुको स्वास्थ्य अधिकारमाथी कसैको ध्यान गएको छैन । सुत्केरी अबस्थामा महिलाले पाउनु पर्ने स्यार सुसार,हेरचाह,तातोपिरो तथा पोषिलो खानेकुरा बाट बन्चित भएका छन् ।
हेरचाह त परै जाओस न्यानो कपडा तथा छानामुनी रात काटन पनि पाएका छनन्उनिहरुले’ । तर राज्यले चाहने हो भने भुकम्पबाट पभावित सबैलाई नसकेता पनि सुत्केरी मातृशिशु,अशक्त,अपांगता,बृद्ध वृद्धाहरुलाई कुनै सरकारी खाली भवनहरुमा राख्न पनि सक्थ्यो ? गएको कात्तिक १७ गते रातीको भुकम्पले घर भत्काएर सुत्केरी तथा गर्भवती महिलाहरुलाई खुल्ला आकाशमुनि त्रिपालमुनि रात काटनु परेको अबस्था छ ।
गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका हुन् ।
त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्प पीडितको चिसोका कारण आजसम्म १५ जनाको ज्यान समेत गएको छ भने १ सुत्केरी आमाले ज्यान गुमाई सकेकी छिन् । भूकम्पबाट घरबारविहीन भएका सर्वसाधारण मौसम अनुकूल नहुँदा बिरामी पर्न थालेका छन् ।
भुकम्प पिडितहरु बिरामी पर्न थालेपछी त्यहाँका स्वास्थ्य संस्थामा उपचारका बिरामीको भीड नै लागेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए ।
पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने छ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिहरु सहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा परेका छन् ।
साथै त्यस क्षेत्रका स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिक रूपमा भत्किएको पाइएको छ ।
उक्त भुकम्पबाट कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जनसङ्ख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।
पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिक रूपमा भत्किएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जनसङ्ख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।
पाँच वर्षमुनिका तीन सय ७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएका सहित सात सय ४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । आठवटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ ।
भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् ।
त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।
साथै उक्त क्षेत्रको एकिन विवरण अझै सङ्कलन हुन बाँकी रहेको जनाईएको छ । मङ्सिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन ।
पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखहरुले बताएका छन् ।
पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। स्रोत : रासस
तस्वीर :अनलाईन खबर
पर्सा,११ मंसिर ।
जिल्ला प्रशासन कार्यालय पर्साले चार सय ३८ वटा मिटरब्याजी बिरुद्धमा परेको उजुरी फर्छयौट गरेको छ । पर्सा प्रशासन कार्यालयमा अनुचित रुपमा लेनदेन गरिएको (मिटरब्याज)सम्बन्धी परेको उजुरीमा हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरि सकेको जनाएको छ ।
पछिल्लो समयमा विशेष सेवाका रुपमा ब्यवस्था गरिएको अनलाइनको माध्यमबाट दर्ता गरिएका एक हजार तीन सय २१ उजुरी मध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फछ्र्योट गरिएको पर्सा प्रशासन कार्यालयले जानकारी गराएको छ ।
तर २ मुद्धामा भने सहमति हुन नसकेर अदालतमा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरी मध्ये आठ सय ४५ उजुरीको छानबिन गर्दा चार सय ३८ वटामा दुवै पक्षबिच सहमति भएर फछ्र्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो ।
लम्सालका अनुसार छानबिन पश्चात ८४ कित्ताको १६ बिघा छ कठ्ठा आठ धुर जग्गा र दुवै पक्षको सहमतिमा रु आठ करोड ७२ लाख ६४ हजार ६१ फिर्ता गराइएको हो । मिटरब्याजी विरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिन सम्बन्धी मिटरब्याज पीडितको उजुरी बढी परेको छ ।
केही खराब मनोवृती ब्यत्तीहरुले भने थोरै रकम दिई बढी रकमको कपाली तमसुक गरेर दोब्बर तेब्बरसम्म बढीको बैङ्क चेक धितो बापत राख्ने प्रवृत्ति रहेको पाइएको उहाँले बताउनु भयो ।
सोही बिरुद्धमा परेको उजुरीको छानबिनका क्रममा दुवै पक्ष बाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा झिकाई आवश्यक सोधपुछ गरिएको थियो ।
छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।
आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताउनु भयो । रासस
बर्दिया – ९ मंसिर ।
बर्दियाको तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाले ज्यान गुमाएका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।
ेहिजो शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा तिन जना बालबालिका सहित चार जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा करिब १८ महिनाका बालक कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा र ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
स्थानिय वासीले रातिको करिव १० बजेको समयमा आगलागी भएको खबर प्रहरीलाई जानकारी गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले बताएको छ ।
साथै के कसरी आगलागी भयो भन्ने घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
काठमाडौं,८ मंसिर ।
आज तीनकुनेमा आयोजना गरिएको कार्यक्रमलाई अबरुद्ध गदैं दुर्गा प्रसाईलाई उनकै घरमा ‘नजरबन्द गरिएको छ । मेडिकल ब्यावसायी दुर्गा प्रसाईेद्धारा हिजो बल्खुमा आयोजित जन प्रदर्शनमा अनुमान गरिए भन्दा निकै नागरिककहरुको सहभागिता रहेको पाईएको छ ।
भएपछी आजदेखी प्रसाईँको नेतृत्वमा आयोजना हुन लागिएको कार्यक्रमले नेपाली जनतामा अझै बढी प्रभाव पार्ने र गणतन्त्रको बिरुद्धमा जनता माझ भ्रम फैलाउन सक्ने संकेत देखिएपछी सरकारले आज दुर्गा प्रसार्इँलाई घरमा नै नजरबन्दमा राखिएको छ ।
भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन् । प्रसाईँ समुहका सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरी उनलाई निगरानी गरिएको छ ।
साथै प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथीको आदेश’ भन्दै निस्कन समेत दिएको छैन ।
श्री नारी सञ्चार प्रा.लि. द्धारा सञ्चालित
NariBatika.com का लागि
कम्पनि दर्ता नं.: २६६२९३/०७८/०७९
पान नं.: ६१००३९६८९
सूचना विभाग दर्ता नंः २९११-२०७८/०७९
प्रेस काउन्सिल दर्ता नं. १८६
निलकन्ठ-३, मिलनटोल धादिङ्ग
प्रतिक्रिया दिनुहोस