आज:  | Tue, 18, Feb, 2025

गजुरीको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

३ जेष्ठ २०७९, मंगलवार १५:५५ मा प्रकाशित ( २ साल अघि) १३४९ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश लाल श्रेष्ठले ६ हजार ३ सय ०८ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले ४ हजार ५१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शर्मिला विसुराल विजयी हुनुभएको छ । उहाँले ५ हजार ६ सय ९९ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

गजुरी गाउँपालिकाको वडा नं १ मा माओवादी केन्द्रका तारानाथ भण्डारी, वडा नं २, ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु क्रमशः द्रोण कंडेल, ऋषी लाल श्रेष्ठ र सुरेन्द्र प्रजा विजयी भएका छन् ।
वडा नं. ५, ६, ७ र ८ मा माओवादी केन्द्रका उम्मेदवारहरु क्रमशः गोविन्द लामिछाने, भक्तबहादुर तामाङ, बद्री प्रसाद जमकटेल र देवराज ओझा विजयी भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस