आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

‘नयाँ नेपाल’ र ‘युवालार्ई देशमै रोजगारी दिने’नाममा देश खरानी बनाउनेहरू एउटै टेबलमा रमाए

२०८३ आश्विन ४, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


राप्रपा नेता ,ज्ञानेन्द्र शाही
धादिङ -४ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानबहादुर शाहीले ‘नयाँ नेपाल बनाउँछौ ’, ‘भ्रष्टाचार नियन्त्रण’ गर्छौं’, युवालाई अवसर र स्वदेशमा रोजगारीको सिर्जना गर्छौं’, जस्ता नारा दिएर देशको नेतृत्वमा पुगेका दलहरूका कारण हाल आएर देशको अवस्था नाजुक भएको बताएका छन्।

वरिष्ठ नेता शाहीले विगतको सशस्त्र द्वन्द्व र पछिल्ला भदौ २३।२४ को राजनीतिक घटनाक्रमले देशलाई झन् झन् भुमरीमा पुर्याएको चिन्ता गर्दै उनले जनजीविका र सुशासनको नाममा जनतालाई निराशा,डर,त्रास तथा घर चलाउन कै लागी युवालाई विदेशमै जानु पर्ने वाध्यता मात्र हात लागेको बताएका हुन् ।

’,एउटाले ‘नयाँ नेपाल बनाउँछु’ भन्यो( १७ हजार मान्छे मार्यो, १० वर्ष देश द्वन्द्वमा धकेलियो र देशका सयौं भौतिक संरचना ध्वस्त पार्यो। आज ८० लाखभन्दा बढी नेपाली विदेशमा पसिना बगाउन बाध्य छन्,’ नेता शाहीले भने, ‘अर्कोले ‘भ्रष्टाचारीलाई जेल हाल्छु र संविधान संशोधन गर्छु’ ,देशलाई कायपलट गर्छु भन्यो, ७६ जना युवाको ज्यान गयो, देश खरानी बनायो।’

यस्तै,यिनीहरुले झुटा नारा दिएर विगतमा गरिएका बाचा पूरा नभएको दाबी गर्दै, ‘न भ्रष्टाचारी जेल परे, न त संविधान संशोधन नै भयो। बरु भ्रष्टाचारीहरू र ‘कारबाही गर्छु’ भन्दै देशलाई घाटा पुर्‍याउनेहरू आज शीतल निवासमा एउटै टेबलमा बसेर सत्ताको मजा लिइरहेका छन्। सत्य तीतो हुन्छ, तर यथार्थ यही हो।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस