आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

जीप दुर्घटनामा एकको मृत्यु, सात जना घाइते

२०८३ आश्विन ४, आईतबार मा प्रकाशित ( २0 मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
गोरखा -४ असोज ।

गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज भएको जीप दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ। साथै सोही दुर्घटनामा अन्य सातजना पनि घाइते भएका छन् ।

आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा सोही जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया वृद्धा लालमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरानचोक गाउँपालिका–७ लगायतका सात जना घाइते भएका छन् । घाइते सबैको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जीप चालक विकास गुरुङ लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस