आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

अब वृद्धभत्ता ६८ वर्षमै , साउन देखि लागु हुने

२०७९ जेष्ठ १५, आईतबार मा प्रकाशित ( ३ साल अघि) ६१७५ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – सरकारले वृद्ध भत्ता ६८ वर्षमै दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै साउन देखि लागु हुनेगरि यस्तो घोषणा गरेको हो । यसअघि ७० वर्षमा दिँदै आएको भत्ता अब ६८ वर्षमै दिने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लक्षित वर्गका बालबालिका लगायतलाई दिने सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो ।

साथै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने पनि बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस