आज:  | Tue, 11, Feb, 2025

जेठ १९ गते अर्थात् आजै भएको थियो दरबार हत्याकाण्ड

१९ जेष्ठ २०७९, बिहीबार ०८:४८ मा प्रकाशित ( २ साल अघि) १६३७ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ ।

२०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस