आज:  | Thu, 27, Mar, 2025

धादिङको सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु

२१ जेष्ठ २०७९, शनिबार १५:५० मा प्रकाशित ( २ साल अघि) ९२३ पटक पढिएको
नारी बाटिका


धादिङ – पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । आज विहान साढे ११ बजे काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिदा एकजनाको घटना स्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परि मृत्युहुनेमा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घर भई बेलकोटगढी नगरपालिका बस्ने अन्दाजी ३०र३५ वर्षको कमल श्रेष्ठ रहेका छन् । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस