आज: २०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना,बाबुछोरा कै घटनास्थलमै मृत्यु

२०८३ कार्तिक ६, बिहिबार मा प्रकाशित ( १ दिन अघि) ४९७ पटक पढिएको
नारी बाटिका


अर्घाखाँची-५ कात्तिक ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी बाबुछोराको घटनास्थल मै मृत्यु भएको छ।

गएराति लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा परी दुवै जनाले घटनास्थलमै ज्यान गुमाएका हुन्। दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑