आज: २०८३ कार्तिक ६, बिहिबार | Thu, 22, Oct, 2026

बडादसैको आज दोस्रो दिन, टीका र जमरा लगाउने क्रम जारी

२०८३ कार्तिक ६, बिहिबार मा प्रकाशित ( ५ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -५ कात्तिक ।

विजयादशमीको दोस्रो दिन आज पनि आफ्ना माइती,मावल,ससुराली,मान्यजन तथा आफन्तको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ।

नेपालीको महान पर्व बडादसैँको विजयादशमीका दिन शुभ साईतमा आमा बुवा तथा घरपरिवारमा टीका लगाएपछि आजदेखी टाढा टाढा भएका आफन्त तथा मान्यजनको हातबाट आशीर्वाद लिन जाने प्रचलन छ।

सम्भव भएसम्म टाढा रहेका मान्यजनकहाँ पुगेर भेटघाटका लागी पनि दशैं विशेष गरी निकै महत्वपुर्ण हुने गरेको छ ।अघिपछी भेट हुने समय नमाएका देश तथा विदेशमा रहेका आफन्तजन तथा परिवारजनहरु दशैंको टिका लगाउन जाने क्रममा भेटघाट हुने गर्दछ ।

तर समुदाय र आ आफ्ना चलन चल्ती अनुसार कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश नेपालका भुभागमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म टीका र जमरा लगाउने परम्परा रहेको छ।

घटस्थापनाका दिन पुजाकोठा तथा दशैं घरमा राखिएका जौ को चोखो जमरा र विधि पुर्वक चण्डी पाठ गरी शक्ति स्वरुपा भगवती तथा नवदुर्गा भवानीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने गरिन्छ।

विजयादशमीको पहिलो दिन सकेसम्म शुभ साइतमा मात्रै टिका लगाईने भएकोले त्यस दिन ढिला हुने र आज दोस्रो दिन पनि मान्यजन तथा आफन्तकहाँ पुगेर टीका र जमरा लगाई आशीर्वाद लिने परमपरा रही आएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑