आज:  | Tue, 18, Feb, 2025

अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रने

२२ जेष्ठ २०७९, आईतवार ०९:२३ मा प्रकाशित ( २ साल अघि) ११६४ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रने मौसमविद्ले पूर्वानुमान गरेका छन् । भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि अबको केही दिनभित्रै प्रवेश गर्ने अनुमान मौसमविद्ले गरेका हुन् ।

मौसमविद् हिरा भट्टराईले यसवर्षको मनसुनमा औषतभन्दा धेरै पानी पर्ने भएकाले पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रनुपर्ने भएपनि केही वर्षयता ढिलो प्रवेश गरि ढिलै बाहिरिने गरेको थियो ।

तर, यसपाली भने छिट्टै प्रवेश गर्ने देखिएको हो । यसैबीच आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद् भट्टराईले आग्रह गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस