आज:  | Sun, 19, May, 2024

गर्मी मौसममा प्रशस्त मात्रामा फलफूल सेवन गर्नु लाभदायि

२३ जेष्ठ २०७९, सोमबार ०८:२० मा प्रकाशित ( १ साल अघि) ४५१ पाठक संख्या
नारी बाटिका


हामीले गर्मी मौसममा प्रशस्त मात्रामा फलफूल खानुपर्छ । गर्मीमा विशेष गरि लिची, आरुबखडा, चेरी, आँप, रुखकटहर, भुइँकटहर, खरभुजा, बेल आदिको सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ । गर्मी मौसममा यी फलफूलको सेवन गर्नुस् ः

चेरी

चेरीमा पाइने खनिज र भिटामिनले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा पाइने भिटामिनहरूमा ‘सी’, ‘बी–६’, ‘के’ आदि हुन् । त्यस्तै, खनिज पदार्थहरूमा म्याग्नेज, कपर, म्याग्नेसियम आदि हुन् । यसमा एन्टिअक्सिडेन्ट, एन्थोकाइनिन्स, प्रोक्यानिडिन आदि पनि प्रशस्त मात्रामा पाइन्छन् । यी भिटामिन र खनिज तत्वहरूले शरीरका तन्तुलाई सुरक्षित राख्छन् । चेरीले क्रोनिक रोगहरूबाट सुरक्षित राख्न सहयोग गर्छ ।

आरु

आरुमा विभिन्न प्रकारको पोषक तत्व पाइन्छ । यसमा उच्च मात्रामा कपर, म्यागनेज, भिटामिन ‘बी–३’ ‘के’, र क्यारोटेनोइड, लुइटिन आदि पाइन्छन् । साथै यसमा पाइने एन्टि–एजिङ, पिग्मेन्टेसनले अनुहारका दागहरू हटाई स्वस्थ राख्छन् । मधुमेह, क्यान्सर, प्रोस्टेट क्यान्सर र आँखाको रोगबाट जोगाउँछन् । यिनले अन्य फलफूलको तुलनामा २६ गुणा बढी रोगप्रतिरोधात्मक क्षमता प्रदान गर्छन् ।

 

लिची

लिची स्वास्थ्यवर्द्धक फल हो । यो गुलियो, रसिलो, स्वादिलो र मीठो हुन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन, फाइबर, भिटामिन ‘सी’, ‘बी–६’, फस्फोरस, कपर र पोटासियम प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरूले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछन् । छाला र हाडलाई स्वस्थ बनाउनुका साथै लिभरलाई जोगाउँछन् । लिचीले मुटुलाई स्वस्थ बनाउन र शरीरको तौल नियन्त्रणमा सघाउँछ ।

आँप

आँपलाई फलफूलको राजा भनिन्छ । मधेश–तराईको आँप अत्यन्तै रसिलो, पोसिलो, स्वादिलो र पोषणले भरिपूर्ण हुन्छ । यसमा भिटामिन ‘ए’, ‘बी’ ‘सी’, ‘ई’ ‘के’ आदि प्रशस्त मात्रामा पाइन्छ । आँपमा पाइने म्याग्नेसियम, कपर आदिले पाचन प्रणालीलाई बलियो बनाउँछन् । कब्जियतको समस्या भएकाहरूका लागि आँप वरदान नै हो । दैनिक तीन सय ग्राम आँप सेवन गर्दा धेरै फाइदा हुन्छ । पेटको समस्या हुनबाट जोगाउनुका साथै आमाशयलाई बलियो बनाउँछ । क्यान्सरको जोखिमलाई कम गर्नमा समेत आँपले सहयोग गर्छ । मधुमेहका रोगीले भरसक आँप खानुहुँदैन । कतिपय अवस्थामा साना एक–दुई टुक्रा खान सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस