आज:  | Tue, 21, Jan, 2025

सुरक्षित आप्रवासन (सामी) परियोजना धादिङका द्धारा १० जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

२६ जेष्ठ २०७९, बिहीबार १९:२६ मा प्रकाशित ( २ साल अघि) १३६३ पटक पढिएको
नारी बाटिका


धादिङ –वैदेशिक रोजगारमा विभिन्न समस्या भएर मनोपरामर्श सेवा लिएका सेवा ग्राहीको बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरुको १० जना बालबालिकाहरुलाई जिवन जिउने आधार सिर्जना गर्ने उद्धेश्यले वार्षिक रुपमा नै यस्तो कार्यक्रा संचालन गर्दै आएको सुरक्षित आप्रवासन सामी परियोजना धादिङका कार्यक्रम संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले धादिङमा वैदेशिक रोजगारीका विभिन्न ५ क्षेत्रमा काम गरिरहेका छन् । जसमा सूचना प्रवाह , न्यायमा सहजिकरण, निशुल्क सिप तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता लगाएतका विषयमा रहेर कार्यक्रमहरु संचालन गर्दै आएको दुवाडीले बताउनुभयो ।

कापी कलम किन्न नसकेर अझै पनि केही बालबालिका नियमित विद्यालय नजाने गरेको पाइएपछि उनीहरुलाई पढाइमा हौसला प्रदान गर्नको निम्ति शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

वैदेशिक रोजगारबाट अभिभावक समस्यामा परेपछि पढाइमा समस्या झेल्दै आएका गरिब, अभिभावकको साहराविहीन बालबालिका छनोट गरेर सामग्री सहयोग गरिएको सामी परियोजनाको मनोपरामर्शकर्ता रामकुमार थापाले बताउनुभयो । शैक्षिक सामग्री पाएपछि विद्यार्थी खुशी भएका छन् । उक्त शैक्षिक सामग्री निलकण्ठ नगरपालिका नगरप्रमुख भीम प्रसाद ढुंगाना र उपप्रमुख दीपक विश्वकर्माले वितरण गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस