आज:  | Sun, 05, May, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२७ जेष्ठ २०७९, शुक्रबार ०७:३० मा प्रकाशित ( १ साल अघि) ४३३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

’अन्तराष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको तथा इन्धन इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको हुँदा निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो’, निगमले भनेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर आठ, डिजल÷मट्टीतेलमा प्रतिलिटर १२÷१२ रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजल÷मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस