आज:  | Fri, 03, May, 2024

थाक्रे गाउँपालिका –१ स्थित कार्कीडाँडामा करेन्ट लागेर एक महिलाको मृत्यु

२९ जेष्ठ २०७९, आईतवार १८:२५ मा प्रकाशित ( १ साल अघि) ३०२ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ स्थित कार्कीडाँडामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४३ वर्षीया मिरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मकै गोडेर घर फर्किेने क्रममा हाइटेन्सन लाइनको करेन्ट लाग्दा मृत्यु भएको हो ।

करेन्ट लागेर मकैबारीमा ढलिरहेको अवस्थामा फेला परेपछि उपचारको लागि धार्के स्थित शिव दर्शन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस