आज: २०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

कांग्रेसमा आधिकारिकता सम्वन्धि विवाद झनै चर्कियो

२०८३ मंसिर १३, आईतबार मा प्रकाशित ( २ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ मंसिर ।

नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र १५औँ महाधिवेशनको विषयलाई सभापति गगन थापा पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष बीचको विवाद उत्कर्षमा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि सुरु भएको यो शक्ति संघर्ष अहिले समानान्तर गतिविधिले विवादलाई झन् चर्काएको हो ।

विवादका मुख्य पक्ष र पछिल्ला घटनाक्रमहरू निम्नानुसार छन्स् कारबाहीको चेतावनी र कानुनी लडाइँसम्म फैलिएको छ। निर्वाचन आयोगको निर्णय र आधिकारिकता दाबी

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरी आधिकारिकता प्रदान गरेपछी संस्थापन बनेको थापा पक्षकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकता सम्बन्धी विवाद समाप्त भइसकेको दाबी गर्नु भएको छ । महामन्त्री संग्रौलाले अब प्रदेश अधिवेशन र आगामी स्थानीय निर्वाचनमा जुट्ने समेत बताएकी छन्।

देउवा पक्षले भने विशेष महाधिवेशनबाट आएको गगनकुमार थापा नेतृत्वको पार्टी कार्यसमितिलाई वैधानिकता अस्वीकार गर्दै उनकै नेतृत्वमा भएको विगतको १४औँ महाधिवेशनबाट निर्वाचित समितिको वैधानिकता अदालतबाट टुंगिनु पर्ने अडान राखेका छन् । तर यो मुद्धा भने सर्वोच्च अदालतमा विचाराधीन छ ।

यस्तै,निवर्तमान सभापति देउवाले नियमित महाधिवेशन समेत रोक्न माग गर्दै सर्वोच्च अदालतमा उजुरी दिएका छन् । देउवा पक्षले अघिल्लो पटक दिएका आधिकारिकता सम्बन्धी रिटको पुनरवलोकनको निस्सा अझै विचाराधीन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑