
नारी बाटिका
धादिङ –त्रिभुवन राजपथ अन्र्तगत नागढुंगा सुरुङमार्ग नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ८२ प ५६४५ नम्बरको बाइकमा सवार निलकण्ठ नगरपालिका वडा नम्बर १२ का ४३ बर्षिया यमबहादुर मगर रहेका छन् । दुर्घटनामा परी निलकण्ठ नगरपालिका वडा नम्बर ८ का २३ बर्षिया गणेश श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यलय खानिखोलाले जनाएको छ ।
काठमाडौँतर्फ जाँदै गरेको मालबहाक ना ५ ख ७३८६ नम्बरको ट्रक पछाडीबाट ब्याक भएर काठमाडौँ नै जाँदै गरेको बा ३ क ३४०४ नम्बरको आइचरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा आइचरले काठमाडौँ तर्फ नै जाँदै गरेको बा.प्र. ०३९००१ ख ०४३८ नम्बरको ट्याङकीलाई ठक्कर दिएको थियो । तीनवटा गाडी एकआपसमा ठोक्किएको थियो । सोही क्रममा बाइक दुर्घटना भएको र चालकहलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय खानिखोलाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस