
काठमाण्डौं –अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको उहाँले घोषणा गर्नुभयो ।
राजीनामा घोषणा गर्नुअघि बैठकलाई स्म्बोधन गर्दै अर्थमन्त्री शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिनुभयो ।
उहाँले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताउँदै आफू बजेट निर्माणको अघिल्लो दिन राति अबेरसम्म काम गरेर मन्त्रीक्वाटरमा गएर सुतेको प्रष्टिकरण पनि दिनुभएको छ ।












प्रतिक्रिया दिनुहोस