
नारी बाटिका
धादिङ –धादिङको ज्वालामुखी गाउँपालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ । आज गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँभित्रका कृषक समूह, कृषि फर्म र व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा ३० थान मिनी टिलर वितरण गर्नुभएको हो ।
गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले किसानहरुलाई मिनी टिलर हस्तान्तरण गर्नुहुदै कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई मिनी टिलर वितरण गरिएको बताउनुभयो ।
साथै उहाँले वास्तविक किसान पहिचान गरी छुट्नुभएको किसानहरुलाई पालिकामा सम्पर्क गर्न र आगामी कार्यक्रमहरुमा यस कार्यलाई निरन्तरता दिँदै जाने बताउनुभएको छ ।
मिनी टिलर बुझ्दै किसानहरुले खेती किसानी गर्न सजिलो हुने भन्दै खुशि भएका छन् ।








प्रतिक्रिया दिनुहोस