
नारी बाटिका
धादिङ- धादिङमै अब डिप्लोमा इन सिभिल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङ अब धादिपढ्न पाईने भएको छ । सिटिइभिटीबाट सम्बन्धन लिएर नीलकण्ठ बहुप्राविधिक शिक्षालयले यस बर्षबाटै पढाइ सुरु गर्न लागेको हो ।
कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, मानव संसाधन र प्रयोगात्मक अभ्यास लगायत भौतिक सहयोग नीलकण्ठ नगरपालिकाले गर्नेगरी डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसियल हाइड्रोपावर) र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ कक्षा सञ्चालन गर्न लागिएको नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बता उनुभयो ।
सिभिल इन्जिनियरिङका लागि ४८ जना र अटोमोबाइल इन्जिनियरिङका लागि २४ जना कोटा निर्धारण गरिएको छ । शैक्षिक सत्र २०७९÷०८० का लागि भर्ना समेत खुला गरिएको उपमेयर विश्वकर्माले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ साविकको खानीगाउँ आधारभुत विद्यालयलाई नीलकण्ठ माविमा गाभेर नीलकण्ठ बहुप्राविधिक शिक्षालयको कक्षा संचालन गर्ने तयारी भएको छ ।
शिक्षालयमा सीटीइभिटिकै दरवन्दी संरचना अनुसार कर्मचारी तथा शिक्षकहरु रहनेछन् । ३ बर्षमा ६ सेमिस्टार पढाइ हुनेछ भने एउटा कोर्स पूरा गर्न विद्यार्थीले करिब १ लाखको हाराहारीमा शुल्क बुझाउनुपर्नेछ ।








प्रतिक्रिया दिनुहोस