आज: २०८३ अषाढ ११, बिहिबार | Thu, 25, Jun, 2026

फिफाले नेपाली फुटबल एन्फालाई निलम्बन गर्यो

२०८३ अषाढ ११, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिकियु,नारी वाटिका डट्कम
धादिङ -११ असार ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।

सरकारले अनावश्यक हस्तक्षेप गरेको प्रति आपत्ति जनाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तेस्रो पक्ष फिफाले नेपाली फुटबल संघलाई नै निलम्बन गरेको हो।

फिफाले नेपाली फुटबललाई निलम्बन गरेको कुरा साँचे भएको एन्फाका महासचिव किरण राईले स्वीकार गरेका हुन्। उनले आज बिहान फिफाबाट नेपाली फुटबल एन्फा निलम्बनमा परेको आफुले जानकारी पाएको बताएका हुन्।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

यससँगै एन्फाले फिफा विधानको धारा १३ अनुसार प्राप्त गरेको सबै सदस्यताको अधिकारसमेत गुमाएको छ। निलम्बनको अवधीसम्म एन्फाका प्रतिनिधिहरु तथा क्लबका टोलीहरू अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस