आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

नारी बिकास बचत तथा ऋण सहकारी संस्था लि को वार्षिक साधारणसभा भदौ २५ गते हुने

२०७९ भाद्र १९, आईतबार मा प्रकाशित ( ३ साल अघि) ७०९४ पटक पढिएको
नारी बाटिका


धादिङ – नारी बिकास बचत तथा ऋण सहकारी संस्था लि धादिङको १६ औं वार्षिक साधारणसभा शनिबार हुने भएको छ ।
“आजको सानो बचत नै भविष्यको ठुलो आधार ” भन्ने मुल नाराका साथ यहि भदौ २५ गते शनिबार सहकारीको आफ्नै हलमा हुने कार्यक्रममा सहभागीताको लागि संस्थाका सम्पुर्ण शेयर सदस्य,महिला समुह, बाल समुह,जेष्ठ नागरिक तथा अभिभावक संस्था नारी जागरण केन्द्रका सम्पुर्ण समिती,उप समिति लगायतलाई आग्रह गरिएको छ ।

त्यसैगरी नारी विकास सहकारी संस्थाबाट ऋण लिई भाका नागेका सदस्यहरुले यही भदौ २० गतेसम्म कार्यलयमा आई अनिवार्य पासबुक ल्याई ऋण चुक्ता गर्न संस्थाका कार्यकारी निर्देशक भगवती उप्रेतीले अनुरोध गर्नुभएको छ।

साथै संस्था साधारणसभा कै अवसरमा नजिकिदै गरेको नेपालीहरुको महान चाड विजय दशमी विशेष कार्यक्रम पनि आयोजना गरिएको उप्रेतीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस