आज:  | Mon, 20, Jan, 2025

धादिङको छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा ८८ जनाले गरे रक्तदान

३ आश्विन २०७९, सोमबार १८:१३ मा प्रकाशित ( २ साल अघि) ६६० पटक पढिएको
नारी बाटिका


धादिङ – संविधान दिवसको अवसरमा धादिङबेशिमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको छन् ।
अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिती धादिङको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा १३ जना पुरुषले मात्रै रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको भने प्राबिधिक सहयोग रहेको थियो । यसैगरी आजै थाक्रेमा भएको रक्तदान कार्यक्रममा १४ जना महिला र ६१ जना पुरुष गरि ७५ जनाले रक्तदान गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस