आज:  | Thu, 27, Mar, 2025

आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने, चुनाव चिह्न पनि दिइने

२६ आश्विन २०७९, बुधबार ०८:३४ मा प्रकाशित ( २ साल अघि) २४४२ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने छन् ।

उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आजै सार्वजनिक गर्नेछ ।

आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई पनि आजै चुनाव चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस