आज:  | Thu, 25, Apr, 2024

धादिङ टी–२० क्रिकेट लिगमा नीलकण्ठ नगरपालिका सेमिफाइनलमा प्रवेश

५ कार्तिक २०७९, शनिबार १९:४९ मा प्रकाशित ( १ साल अघि) ३२४ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको विशालटारमा जारी टी–२० क्रिकेट लिगमा नीलकण्ठ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा गल्छी गाउँपालिकालाई ३ विकेटले पराजित गर्दै नीलकण्ठले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

गल्छीले दिएको ९२ रनको विजयी लक्ष्य नीलकण्ठले १९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । नीलकण्ठका लागि दीपक सुवेदीले ३१ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाउनुभयो । यस्तै निसान गुरुङ्गले ६ बलमा २ चौका र १ छक्कासहित १४ रन बनाउँदा अनिल ढकालले २५ बलमा २ चौकासहित ११ रन जोड्नुभयो ।

गल्छीका लागि रामहरी सापकोटाले ३ विकेट हात पार्दा विक्रम खड्का, रुपेश भुजेल र प्रविन खतिवडाले समान १–१ विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको गल्छीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो । गल्छीका लागि सुजन अधिकारीले ३५ बलमा ४ चौका र १ छक्कासहति सर्वाधिक ३० रन बनाउनुभयो । अमन श्रेष्ठ ११ बलमा ४ चौकासहित १८ रनमा अविजित रहँदा रामहरी सापकोटाले २५ बलमा २ चौकासहित अविजित १५ रन बनाउनुभयो ।
नीलकण्ठका लागि राजीव श्रेष्ठ एक्लैले ४ विकेट हात पार्दा सन्तोष घिमीरे र अनिस अधिकारीले १–१ विकेट लिनुभयो । यस खेलसँगै जारी लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । समूह बी बाट नीलकण्ठसँगै बेनीघाट रोराङ गाउँपालिका अन्तिम चारमा पुगेको छ ।

बेनीघाटले आज नै भएको पहिलो खेलमा सिद्धलेक गाउँपालिकालाई ४६ रनले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यसअघि समूह ए बाट धुनिबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेको थियो ।

जिल्लाभरका ८ पालिकाको सहभागिता रहेको लिगका सेमिफाइनलका खेलहरु आईतबार हुनेछन् । सहभागि ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । फाइनल खेल भने सोमबार हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस