
नारी बाटिका
धदिङ– धादिङ क्षेत्र नम्बर २ मा ४४ सय ११ मत गणना हुँदा अहिले सम्म गठबन्धनले अग्रता कायम गरेको छ ।
अहिलेसम्मको प्रारम्भीक मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार १५ सय १४ मतले अगाडि देखिएको छ ।
प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले २२ सय ३९ मत पाउनुभएको छ । एमाले नेता एवं पूर्व सांसद खेम प्रसाद लोहनीले १७ सय १५ मत पाउनुभएको छ ।
धादिङ क्षेत्र नं. २ को प्रदेशसभा १ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द लम्साल र नेकपा एमालेबाट डा.रामकुमार अधिकारीबीच प्रतिष्पर्धा छ । त्यस्तै प्रदेशसभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सांसद जगत बहादुर सिंखडा र राप्रपाका डम्बर तामाङबीच प्रतिष्पर्धा छ ।
धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।







प्रतिक्रिया दिनुहोस