
नारी बाटिका

धादिङ,२०७९ मंसिर २४
आठौँ धादिङ महोत्सवमा थाक्रे गाउँपालिकाबाट कालो उखुको स्टल र उक्र पालिका कै महिलाहरुको टोलिले पञ्चेबाजा समेत प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।
साथै उक्त गाउँपालिकामै रहेको महिला पञ्चेबाजाको टोलीद्धारा समेत विषेश साँस्कृतिक झाँकी प्रस्तुत गरिने मुल आयोजक समितिले जानकारी दिएको हो ।
उखुको स्टलमा खेतीको आधुनिक तरिका, कालो उखुको फाइदा र महत्वका विषयमा जानकारी गराइने तथा महोत्सव अवलोकन कर्ताहरुले कालो उखुको जुसको स्वाद लिन पाउने ब्यवस्था मिलाइने आयोजकले जानकारी दिएको हो ।
महोत्सवलाइ सर्वपक्षिय बनाउन तथा पालिकाहरुका प्रचार योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुको प्रचारप्रसारमा सहयोग गर्न मुल आयोजक समितिले पालिकाका अध्यक्षहरुसंग गरेको छलफलका क्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले उक्त जानकारी गराउनुभएको हो ।
मंगलबार र बुधवार दक्षिणी धादिङको थाक्रे, गल्छी र गजुरी गाउँपालिका प्रमुखहरुसंग छलफल गरिएको धादिङ उद्योग बाणिज्य संघ धादिङका महासचिव एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।
छलफलका क्रममा गल्छी गाउँपालिकाबाट बोट विरुवा तथा फलफुलका नर्सरीहरुको स्टल रहने गाउँपालिका अध्यक्ष केदार खतिवडाले प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै गजुरी गाउँपालिकाले पनि गाउँपालिकाको चेपाङ सस्कृति र रहनसहनलाइ प्रस्तुत गर्नको लागि पहल थालिएको बताउनुभएको छ ।
धादिङका सवै पालिका प्रमुखहरुसंग छलफल गरी पालिका भित्रका प्रदर्शन योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुलाइ महोत्सवमा समावेश गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।
धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णु थपलियाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी, संघका पदाधिकारी एवं सदस्यहरुको सहभागीता धादिङका सवै गाउँपालिका तथा नगरपालिकामा छलफल जारी रहने धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।







प्रतिक्रिया दिनुहोस