आज:  | Sat, 18, May, 2024

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवशरमा चियापान कार्यक्रम

१७ पुष २०७९, आईतवार २०:१० मा प्रकाशित ( १ साल अघि) १९१ पाठक संख्या
नारी बाटिका


 

धादिङ २०७९ पौष ।

नेपाली काँग्रेस धादिङले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवशरमा पौष १६ मा चियापान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको  ।तस्तै नेपाली काँग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवशरमा विभिन्न पार्टीका प्रमुख हरु लगायत सरकारी उच्च ओहोदाका प्रतिनिधीहरु लाई सहभागी गराई प्रत्येक वर्ष पौष १६ मा चियापान कार्यक्रमको आयोजना गरी मेलमिलाप दिवश मनाउदै आईरहेको छ ।
राष्ट्रियता,एकता,स्वतन्त्रता र समाजवाद भन्ने मुल नाराको साथ १०४ वर्षे राणा शासन नेपाली काँग्रेस नेतृत्वमा नेपालमा ठुलो आन्दोलन र सत्याग्रह गरी राणाकालि, पन्चायती तथा राजत्रन्त व्यवस्था हटायर नपालमा लोकतन्त्र,गणतन्त्र पछिको हाल नेपालमा संघिय प्रणाली अन्तर्रगत संघिय व्यवस्था चलिरहेको छ ।
नेपाली काँग्रेस धादिङका सभापती एंव प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीको संयोजनमा शनिवार ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवशरमा आयोजित उक्त कार्यक्रममा वक्ताहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम र नेपाली कांग्रेसको भविष्य तर्फ उन्मुख गरी आ आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रेस धादिङको नव निर्मित विपी स्मृर्ती भवन परिसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ता, विभिन्न, भातृसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाली कांग्रेस र भ्रातृसंस्थाहरुले पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको लामो संघर्ष अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस