आज:  | Fri, 19, Apr, 2024

प्रतिनिधिसभामा दुई सांसद बाहेक सवै सरकारको पक्षमा देखिए ।

२६ पुष २०७९, मंगलवार २०:३२ मा प्रकाशित ( १ साल अघि) १३० पाठक संख्या
नारी बाटिका


 

काठमाण्डौ पुस २६

प्रतिनिधिसभामा दुई सांसद बाहेक सवै सरकारको पक्षमा देखिएका छन् । आज भएको विस्वासको मतदान गर्ने निर्वाचनमा प्रधानमन्त्री प्रचण्ड लाई विश्वासको मतदान गर्ने क्रममा प्रतिनिधिसभाका दुई सांसद बाहेक बाँकी सवैले प्रचण्डलाई विश्वासको पक्षमा मतदान गरेकाले दाहालले असाधारण समर्थन प्राप्त गर्नु भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई सांसद मात्र उनको विपक्षमा उभिएका थिए ।

सभामा रहेका कुल १२ दल र तीन स्वतन्त्र सांसद मध्ये जनमोर्चा र नेमकिपाले मात्र विपक्षमा मतदान गरेका हन् ।

२६८ सांसदको समर्थन पाएका प्रचण्डको काँधमा ठुलै ऐतिहासिक जिम्मेवारी थपिएको छ। कांग्रेसका ८५, एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १३ मा एक सभामुखको भूमिकामाथिए भने उनले मतदान गर्न पाएनन् । , जसपाका भने १२ रै जना सांसदले मत दिएका छन्।

एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ तीनजना स्वतन्त्र पार्टीका सांसदले पनि प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा स्वीकार गरी विश्वासको मत प्रदान गरेका हन् ।

कांग्रेस सांसद टेकबहादुर गुरुङ भने निलम्बनमा पर्नु भएको हुनुहुन्छ भने अर्का कांग्रेसका तीनजना सांसदहरु अम्बिका बस्नेत, मनोरमा शेरचन र किशोरसिंह राठोर अनुपस्थित रहनु भएको थियो।

संविधानको धारा ७६ ९२० बमोजिम पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज संविधानको धारा ७६ ९४० को व्यवस्था बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस