
नारी बाटिका

काठमाण्डौ ,माघ ३ गते मंगलवार
फेरी नेपालमा ईन्धनको मुल्य बढ्यो नयाँ मुल्यसुची अनुसार विक्री गर्नु पर्ने नेपाल आयल निगमले दावी गरेको छ । भारतीय आयल कर्पोरेसन आईओसीको नयाँ मुल्यसूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ । आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची तयार गरी नेपाल आयल निगमलाई सोही अनुसार विक्री वितरण गर्नको लागी सुची पठाएको हो ।
नयाँ सूची अनुसार पेट्रोलको मूल्य बढेर आएपछी निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसामा विक्री वितरण गर्नुपर्ने जानकारी दिनु भयो ।
निर्देशक वीरेन्द्र गोइतले दिएको जानकारी अनुसार डिजेल भने प्रतिलिटर ३ रूपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने दुई कम्पनीबिचको सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।







प्रतिक्रिया दिनुहोस