आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

रास्वपाका जिल्ला सभापतिहरु एकपछी अर्को पार्टी परित्याग गर्नेक्रम बड्दै

२०८२ फागुन १४, बिहिबार मा प्रकाशित ( ७ महिना अघि) ६६३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

नवलपरासी -१४ फागुन ।

पार्टीभत्र आर्थिक चलखेल र विभिन्न कारण देखाउँदै रास्वपाका जिल्ला सभापतिहरु एकपछी अर्को गरी पार्टी परित्याग गर्नेक्रम बड्दै गएको छ । यस्तै नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

प्रतिनिधि सभाको निर्वाचनको मुख मै आएर रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले उनलाई पार्टी प्रवेश गराउनु भएको हो । काँग्रेस उपसभापति शर्माले ठकुरीलाई खादामाला लगाए्र स्वागत गर्नु भएको थियो।

नेपाली कांग्रेसले नवलपरासी बर्दघाटको चौपतामा आयोजना गरेको चुनावी सभामा रास्वपा जिल्ला सभापति ठकुरी कांग्रेसमा आवद्ध भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑