
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१५ फागुन
धादिङको क्षेत्र नं. २ मा रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार बनेकी आशिका तामाङलेले “म भ्रष्टाचार गर्न आएको हुँ” भनेकी छन् ।
चुनावी प्रचार प्रशारको क्रममा बिहिबार आशिका तामाङले “म भ्रष्टाचार गर्न आएको हुँ” भन्ने बाक्य भाइरल भएपछि स्रोतका अनुसार रास्वपा केन्द्रीय नेताहरुले तामाङलेलाई तपाईले के बोलेको त्यस्तो ??? भनेर कराएपछी उनले माफी मागेकी थिइन्।
चुनावी प्रचार प्रशारमा जिल्ला जिल्लामा खटिएका सभापति रवि लामिछाने पनि आउने कार्यक्रम रहेको र सोही कार्यक्रममा आफूले बोल्न नजानेर भ्रष्टाचार अन्त्य गर्नु भन्नु पर्नेमा उक्त शब्द छुटेको भन्दै माफी मागेकी हुन्।
सामाजिक सञ्जालमार्फत उनले अब गल्ती नगर्ने भन्दै प्रतिबद्धतासहितको माफी मागेको जनाएकी छिन्।








प्रतिक्रिया दिनुहोस