आज:  | Fri, 29, Mar, 2024

राष्ट्रपति रनिङ शिल्डको उपाधि नीलकण्ठ मा.वि.को हातमा ।

१७ माघ २०७९, मंगलवार ०७:०२ मा प्रकाशित ( १ साल अघि) २३३ पाठक संख्या
नारी बाटिका


धादिङ,१७ माघ ।

तिनदेखी सुरु भएको निलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङ बेसीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नीलकण्ठ माध्यमिक विद्यालयले हात पारेको छ।

सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै, नीलकण्ठ माविले राष्ट्रपति रनिङ शिल्ड हात पारेको आयोजकले जानकारी गराएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण सहित नीलकण्ठ माविले उपाधि जितेको हो। यही १३ गते शुक्रबारबाट संन्चालन भएको प्रतियोगितामा ७ स्वर्ण सहित निलकण्ठ ३ कै बालमरान्दिर दोस्रो, ५ स्वर्ण सहित चन्डेश्वरी मावि तेस्रो र ५ स्वर्ण सहित एड्भान्स एकेडेमीले वोडिङ स्कुल निलकण्ठ ३ चौथो हुन सफल भएको हो ।

स्वर्ण पदक बराबर भएपछि अन्य मापदण्डका आधारमा चण्डेश्वरी मावि तेस्रो भएको जानकारी गराएको छ । २८ सरकारी र ५ निजी गरी ३३ माध्यामिक विद्यालय रहेको यस नगरपालिकामा २१ वटा माविहरुले भाग लिएका थिए ।

प्रतियोगिताका विजेताहरुलाई शिल्ड, ,प्रमाण पत्र र मेडल प्रदान गरिएको छ। स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धि गर्नका लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको नगर शिक्षा शाखा प्रमुख नारायण प्रसाद वाग्लेले जानकारी दिनु भयो। त्यस्तै छात्र भलिबल तर्फ निलकण्ठ मावी र छात्रा भलिबल तर्फ प्रकाश मावि प्रथम भएका छन्।

त्येसैगरी कबड्डी छात्र र छात्रा दुबैमा बालमन्दिरले जित हात पारेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका साथ प्रमुख अतिथी रहनु भएका निलकण्ठ नगर उप प्रमुख दिपक विश्कर्माले पुरस्कृत प्रदान गर्नु भएको थियो ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक चिनामायाँ श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस