
नारी बाटिका
धादिङ,१८ चैत
आज पनि देशका केही भू (भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा,वर्षा र हावाहुरीको सम्भावना रहेको छ । त्यसैगरी कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा पनि भइरहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै आज राति देशका पहाडी भू(भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने हल्का वर्षाको सम्भावना भने आइतबार सम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।







प्रतिक्रिया दिनुहोस