
नारी बाटिका
धादिङ— विगत समयदेखी संन्चालनमा रहेको धादिङ, काठमाण्डौ जोडने नागढुङ्गामा सुरुङ मार्ग आयोजनामा खन्ने कार्य रोकिएको छ ।
सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङ मार्ग आयोजनामा खन्ने काम रोकिएको हो ।
सुरुङ खन्ने क्रममा कमसल माटोले समस्या देखिएको २० दिन भइ सकेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
पहिले दैनिक तीन देखि चार मिटर सम्म खन्ने गरेकामा अहिले उक्त कार्य रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिनुु भयो ।
अरु काम संन्चालनमा रहेपनि सुरुङ खन्ने कार्यको प्रगति भने कम रहेको छ । त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरण विग्रने समस्या आइरहेको जनाउनु भयो ।
आयोजनाले निर्माण कम्पनीलाई राम्रो सँग‘सिस्टममा ल्याउन र आवश्यक उपकरणका पार्ट फेर्न भनेको छ । उहाँले भन्नु भयो, आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ ।
निर्माण कम्पनी सँग अहिले जनशक्ति र उपकरण दुबै पर्याप्त भएको आयोजनाले जनाएको छ ।
नारी वाटिका संवाददाता,








प्रतिक्रिया दिनुहोस