आज:  | Fri, 19, Apr, 2024

नेता मुकुन्द न्यौपाने एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश

९ बैशाख २०८०, शनिबार १६:२९ मा प्रकाशित ( १२ महिना अघि) ३६४ पाठक संख्या
नारी बाटिका


काठमाडौं ०९ वैशाख शनिवार ।

विगत लामो समयदेखी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सघाउँदै आएका नेता मुकुन्द न्यौपाने ले एकीकृत समाजवादी छाडेका छन् । नेता मुकुन्द न्यौपाने ले एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

शनिबार च्यासलमा आयोजित कार्यक्रम मार्फत नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो।आज वैशाख ९ गते शनिवार उनले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।

न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । नेकपा एमालेमा प्रवेश गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी समेत गरेका छन् ।

न्यौपानेले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने उल्लेख गर्दै समाजवादी पार्टीले समाजवाद ल्याउन नसक्ने भन्दै नेता माधव कुमार नेपाल प्रति कटाक्ष समेत गरेका छन् ।

उनले एकीकृत समाजवादी पार्टी छोड्ने अभियान जारी रहने बताउँदै एक देश एक कम्युनिष्ट पार्टी हुनुपर्ने बताएका छन् । उनले एमालेको झण्डा मुनी आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्ता हरूलाई आह्वान समेत गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस