आज:  | Fri, 29, Mar, 2024

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

२३ बैशाख २०८०, शनिबार १७:२१ मा प्रकाशित ( १0 महिना अघि) २३० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ २३ वैशाख

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमिल्सिनाले जानकारी दिनु भयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनु भएको छ ।

तर पछिल्लो समयमा सामाजिक संन्जाल देखी सरकारको संमेन्त्र जताततै खलबल भएको घटना पुरानो तर सार्वजनिक भएको समय भने नयाँ र चर्चाको विषय नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यस अघिको भेटमा पनि एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने कुरामा जोड दिएका थिए ।

त्यस्तै यस अघि पनि एमालेका केन्द्रिय स्तरका नेता गकुल वास्कोटा ७० लाख काण्ड अर्का नेता ,हइटवडी काण्ड, कोहीलाई ३३ केजी सुन काण्ड आदीमा पार्टीका धेरै नेतालाई लागेको विभिन्न काण्डका घटनाले चर्चा पाईरहेको थियो ।

त्यस्तै यतिवेला नक्कली भुटानी शरणार्थी बनायर अमेरिका लैजाने गरेको भन्ने काण्डले देशनै हल्लिखल्ली हुन पुगेको छ आफुनो पार्टीको उच्च तहका नेता नै ठगी प्रकरणमा मुछिए पछी यिनै
विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताउनु भएको छ । तर यस घटना भने अनुसन्धानको क्रममा रहेकोले त्यसको सत्ते तथ्थ्ये पुष्टी भने हुनै बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस