आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण सम्वन्धि अध्यादेश जारी

२०८३ बैशाख १९, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबिय- नारी वाटिका संवाददाता

धादिङ -१९ वैशाख।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण सम्वन्धि अध्यादेश २०८३ जारी गर्नु भएको छ ।

शुक्रबार मन्त्रिपरिषद्ले सिफारिश गरेको आठौँ अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

गत मंगलबारदेखी सुक्रबारसम्म लगातार सरकारले पठाएका आठ वटा अध्यादेशमध्ये अहिलेसम्म राष्ट्रपतिले तीनवटा अध्यादेशलाई स्वीकृत दिई सक्नु भएको हो ।

बाँकी पाँचवटा अध्यादेशको सम्वन्धमा अध्ययन भईरहेको छ । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्न थप अध्यादेश राष्ट्रपति कार्यालय पेश गरेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस