आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

नीलकण्ठ क्याम्पसको पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आजसम्म जारी

२०८३ बैशाख १९, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


उच्च शिक्षा रूपान्तरणका लागि पाठ्यक्रमदेखि अनुसन्धानसम्म सुधार गर्न आवश्यकता रहेको

बिबिय -नारी वाटिका संवाददाता

धादिङ -१९ वैशाख।

नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ।

वैशाख १८ र १९ गते(दुई दिनसम्म) सञ्चालन हुने सम्मेलनमा नेपाल र नेपाल बाहिरका विज्ञ,प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहेको छ। सुक्रबार उद्घाटन भएको सम्मेलनमा शिक्षा क्षेत्रका विज्ञहरुले अनुसन्धानात्मक शोधपत्र प्रस्तुतीकरण गरेका छन्।

“समुदाय सशक्तीकरणका लागि शैक्षिक रूपान्तरण, नवप्रवर्तनशील शिक्षण, अनुसन्धान तथा उद्यमशीलता” भन्ने नाराका साथ नीलकण्ठ बहुमुखी क्याम्पसले आयोजना गरिएको सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. बेदराज आचार्यले गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रा.डा.आचार्यले भन्नु भयो उच्च शिक्षालाई समयानुकूल पुनःसंरचना गर्नुपर्ने, पाठ्यक्रम, शिक्षण विधि,मूल्यांकन प्रणाली र अनुसन्धानमा आधारित रहेर क्रियाकलापलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै उहाँले उच्च शिक्षा आर्जन गरेका विद्यार्थीले केवल सैद्धान्तिक ज्ञान मात्र नभई उनीहरुले रोजगार मूलक सीप पनि हाँशिल गर्नुपर्ने बताउनु भयो। स्थानीय समुदायको संस्कार रहन सहन, पारिवारिक सम्वन्ध र दायित्व,नेपाली परमपरा,संस्कृति, र मूल्य मान्यलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय मापदण्डका बारेमासमेत ज्ञान हाँशिल आवश्यक रहेको बताउनु भयो ।

समाज विकाससंग केन्द्रित तथा प्रतिफलमा आधारित अनुसन्धानलाई प्राथमिकता दिइ विज्र्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई पाठ्यक्रम तथा नीतिमा समेटेर शैक्षिक संस्था, समुदाय, बजार तथा विश्वविद्यालयबीच सहकार्य र समन्वय गरी विद्यालय,शैक्षिक संस्थाप्रति अभिभावक तथा समुदायको सकारात्मक धारणामा सम्वन्ध विस्तार गदै लानु पर्ने स्पष्ट पार्नु भयो।

उहाँले शिक्षा क्षेत्रमा प्रविधीमैत्री बनाउन, नयाँ ज्ञान हाँशिल गर्न र नवप्रवर्तन तथा उच्च शिक्षाको गुणस्तर वृद्धिका लागी समय सापेक्ष पाठ्यक्रम तयार गरी विद्यार्थीलाई व्यवहारिक ज्ञान र कितावी ज्ञान दुबै एकसाथ लगी शिक्षा आर्जनपछी जिविको पार्जनमा सिप उपयोग गरी रोजगारमा टेवा पुग्ने धारणा राख्नु भयो।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शम्वुकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल सरकारका पूर्व कृषिमन्त्री रामनाथ अधिकारी, भारतका वरिष्ठ प्राध्यापक डा.एस. के.बराल ,नेपाली काँग्रेस धादिङका नेता रमेश धमला,क्याम्पस प्रमुख डा.मुरारी अधिकारी,शिक्षाविद् भुपेन्द्रकुमार श्रेष्ठ,निलकण्ठ बालमन्दीर माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईराला लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।

सम्मेलनमा जापान, अमेरिका, भारत, ग्रीस, अस्ट्रेलियालगायत सात देशका प्रोफेसरहरुको सहभागीता रहेको छ । साथै कार्यक्रम शनिबारसम्म संन्चालन हुंनेआयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस