
नारी बाटिका
काठमाडौं १० जेठ वुधवार ।
पटक पटक नेपाली नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एव्ं सांसद रवि लामिछाने विरुद्धमा फेरी पनि मुद्दा दर्ता भएको छ । आज सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका दिन सुनुवाइको मिति तोकिएको छ ।
सभापती लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेलले मुद्दा दायर गरेका हुन् । रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको समेत दाबी गरिएको छ ।
पौडेलले दायर गरेका रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदा सम्म लामिछानेलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग पनि गरिएको छ ।
लामिछानेले पुनः बनेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको रिट निवेदनमा जिकिर गरिएको छ। सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर पनि गरिएको छ ।








प्रतिक्रिया दिनुहोस