आज: २०८२ पौष २०, आईतबार | Sun, 04, Jan, 2026

आमाको गर्भमा हेको ‘भ्रूणको लिङ्ग पहिचान नगर्न स्वास्थ्य संस्थालाई निर्देशन

२०८० अषाढ १, शुक्रबार मा प्रकाशित ( २ साल अघि) ५७८६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ः असार १ सुक्रवार ।

आमाको गर्भभित्र ।हेको ‘भ्रूणको लिङ्ग पहिचान गर्ने र यदी छोरी रहेछ भने अवैतानिक रुपमा गर्भ पतन गर्ने कार्य बढ्दै गएपछी अब यसो कार्य नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचान सम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचान सम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिएका हुन्।

वत्रमा मन्त्रालयले खसलाएको छ यदी कसैले आमाको गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने र सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गरिएको छ । उक्त निर्देशित पत्र सवै स्वास्थ्य संस्था एवं प्रयोशागालाको परिसरमा टाँस्न पनि भनिएको छ।

राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न कार्यनीति लिङ्ग पहिचान गर्न नपाइने र यदी कसैले यस्तो कार्य गर्ने गराउने पाइएमा कानुनी सजायँ हुने कुरा उल्लेख गरिएको छ ।

मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं मातृशिशु सुरक्षाका लागी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको हुँदा कसैले गर्भको लिङ्ग पहिचान नगर्न भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस