आज: २०८३ कार्तिक २८, शुक्रबार | Fri, 13, Nov, 2026

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय विधिबाट गरिँदै

२०८३ कार्तिक २८, शुक्रबार मा प्रकाशित ( १0 सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२७ कात्तिक ।
कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु भएको छ।

आज कात्तिक शुक्ल चतुर्थी अर्थात छठ पर्व मनाईँुंदैछ । छठ पर्वको अवसरमा महोत्तरीलगायतका मिथिला क्षेत्रमा विशेष रौनक बढेको छ। आजदेखी चार दिनसम्म छठी माईको पुजा आरधना गरी मनाइने यस पर्व विशेषगरी तराइ क्षेत्रमा धुमधामसंग मनाईँने गरिन्छ ।

हिन्दुधर्मालम्बिहरुको आस्था, निष्ठा र भक्तिको यस पर्वलाई मिथिला क्षेत्रबासीले घरघरमा सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।

स्थानीयवासीहरु नजिकका नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेर विशेषगरी युवाहरु छठघाट निर्माण र सजावटमा लाग्ने गर्दछन्। सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएको हुन्छ । धनी,गरिब सबैले आफ्नो क्षमता र हैसियत अनुसार श्रद्धा र निष्ठाका साथ यस पर्व मनाउने गरिन्छ ।

छठ पूजामा विशेषगरी,उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्रीहरु शनिबार मुख्य रूपमा प्रयोग हुने बताइन्छ ।
यसैगरी, छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको प्रयोग गरिन्छ।

मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ भन्ने परमपरा छ ।यसै विधिबाट सुरु हुने छठ पर्व दोस्रो दिन ‘खरना’ तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्रै छठ पर्व सम्पन्न हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑