आज: २०८२ भाद्र २३, सोमबार | Mon, 08, Sep, 2025

बोले अनुसार काम गर्ने वडा अध्यक्ष राजकुमार श्रेष्ठ द्धारा ५५ जना बालबालिकालाई शैक्षिक सामाग्री उपलव्ध

२०८० अषाढ ३, आईतबार मा प्रकाशित ( २ साल अघि) ५३८२ पटक पढिएको
नारी बाटिका


धादिङ असार ३ आईतवार ।

निलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ द्धारा ५५ जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्री उपलव्ध गराएका छन् ।निर्वाचित जनप्रतिनिधिहरुले चुनावमा लिएका प्रतिवद्धताहरु भुल्न थालेको नागरिकहरुबाट गुनासो आईरहेको बेला नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राज कुमार श्रेष्ठले भने आफुले निर्वाचनका बेला जनता सामु भोट माग्दा बोलेका प्रतिवद्धता अनुसारको काम गर्न थालेका हुन् ।
हाम्रा देशका कतिपय नेता तथा निर्वाचित जनप्रतिनिधीहरु मञ्च पाउन साथै ठुला ठुला भाषण गर्ने तर काम भने सिन्को सम्म पनि नभाँची आफुनो कार्यकाल विताउने सयौं छन् । तर धादिङ निलकण्ठ नगरपालिकाका वडाध्यक्ष श्रेष्ठ नेपाली काँग्रेसका युवा नेता हुन् उनले राजनितिक दलको एक अशल कार्यकर्ता बनी नागरिकको सेवा गर्ने इच्छा जाहेर गरी नेपाली काँग्रेस पार्टी समक्ष वडाध्यक्षको टिकट पाउने आशा गरेका भएपनि पार्टिले उनलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव लडी वडाध्यमा सन्मानित मतले विजयी भएका थिए ।

गत बैशाख ३० मा सम्पन्न स्थानिय निर्वाचनमा आफुले जनता सामु बोले अनुसार काम गर्ने श्रेष्ठले निर्वाचित भएपछि आफुले पाउने सेवा सुविधाको अक्षय कोष खडा गरी विपन्न परिवारका छोरा छोरीहरुलाई स्वास्थ्य र शिक्षामा लगानी गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । त्यस प्रतिवद्धतालाई पुरा गर्न शनिबार एक कार्यक्रमको आयोजना गरि श्रेष्ठले ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको हो ।

हाल नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउपालिका भित्रका विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रावृद्धि सहित शैक्षिक सामाग्री वितरण गरिएको छ । छात्रावृद्धि तथा शैक्षिक सामाग्री पाउने बिद्यार्थीहरु साङकोष मा।वि, बालमन्दिर मा।वि, महेन्द्र मा।वि, सुनौलो भैरवी मा।वि, मनरुपी मा।वि, इजरा आवि, पशुपति मा।वि, पण्डितचौर मा।वि, पन्चकन्या मा।वि, सुनखानी मा।वि, गायत्रीदेवि आ।वि र धादिङ बोर्डिङमा अध्ययनरत छन् ।

श्रेष्ठले आफ्नै निजी खर्चमा विपन्न तथा असहाय परिवारका विद्यार्थीहलाई स्कूल अनुसारको ड्रेस, व्याग, सन्देश मुलक कापी, कलम सहितका शैक्षिक सामग्री प्रदान गरिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस