
बिबियु,नारी वाटीका डट्कम
धादिङ-१८असोज ।
वर्षा गराउने प्रणाली नेपालबाट बिस्तारै बाहिरिन सुरु गरेपनि आज देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा आज मौसम बदली रहने भएको छ।
जस अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज यी प्रदेशका एक–दुई स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली,पहाडी भु-भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहितको हिमपात हुने सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भु-भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाको पुर्वानुमान छ। आज राति पहाडी तथा तराई भूभागमा मौसम बदली हुनेछ भने तराई क्षेत्रमा बिहानतिर हुस्सु लाग्नेछ।
साथै मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस