
बिबियु,नारी वाटीका डट्कम
धादिङ -१९असोज ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अहिले बिहान महाधिवेशन स्थल मै बस्ने भएको छ।
आईतबारदेखी संन्चालन भएको पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रमा कुन कुन विषयलाई समेटेर प्रतिवेदन पेश गर्ने भन्ने उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन स्थल खुल्लामञ्चमा बस्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनु भयो ।
कार्यक्रमको कार्यतालिका अनुसार आज र भोली बन्दसत्र हुनेछ। बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने गरी पहिले नै कार्यक्रमको कार्यसुचि रहेको छ।












प्रतिक्रिया दिनुहोस