आज:  | Sat, 27, Apr, 2024

आजदेखि हिन्दी फिल्म प्रदशन गर्न काठमाडौंका हलमा निषेध गरियो

४ असार २०८०, सोमबार ०७:१३ मा प्रकाशित ( १0 महिना अघि) ६५२ पाठक संख्या
नारी बाटिका


काठमाडौं  असार  ४

आजदेखि काठमाडौं महानगरपालिकाको हलहरुमा हिन्दी फिल्म प्रदशन गर्न निषेध गरिएको छ । नेपालमा नेपाली फिल्म भन्दा बढी मात्रामा हिन्दी चलचित्रदेखी सिरियलहरु हेर्ने प्रचलन रहेको पाइन्छ । तर महानगरपालिकाले आज सोमबारदेखि महानगरका सबै हलहरुमा हिन्दी फिल्मको प्रदर्शन गर्न बाट रोक्ने भएको छ ।

महानगरपालिकाले हिन्दी फिल्मको प्रदर्शन गर्न रोक लगाउनुको मुख्य कारण भनेको हालसालै प्रदशनमा आएको भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी (सिता) भारतीय छोरी हुन् भन्ने शब्द उक्त फिल्ममा समावेश गरिएकोले सो कुरा आपत्तिजनक वाक्य नहटाएको भन्दै नेपालको संस्कृत र गौरवमा आँच पुर्याएकोमा नेपालको हरेक स्वाभिमान प्रति भारतको ज्यादती हुने गरेकोमा खेद प्रकट गरिएको हो ।

महानगरका प्रमुख बालेन साहले हिन्दी फिल्म प्रदर्शनन रोक्ने निर्णय गरेका हुन्। ​साहले नगर प्रहरी खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनु भएको हो ।

‘यस्तै काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्नेछ’, उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘। त्यसैले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ भनेर आईतवार नै घोषणा गर्नु भएको हो ।’

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी (सिता)भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटस मार्फत तीन दिन समय दिनु भएको थियो । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस