
नारी बाटिका
काठमाडौं ः असार ४ शोमवार ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ रसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले कोशी प्रदेशका १–२ स्थानमा भारी वर्षाको अनुमान गरेको छ।
अहिले विहानीको समय कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली भएपनि सामान्यतया सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको जनाएको छ ।
आज सोमबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी तराईका भूभागमा आंशिक बदली भइ मौसम सामान्यता सफा रहने जनाएको हो। कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान र बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भइ मौसम सामान्यतया सफा रहने छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने छ। कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।







प्रतिक्रिया दिनुहोस