
नारी बाटिका
काठमाडौं असार ७ विहिवार ।
वर्षायामको समय लगभग दिनहु जसो वर्षा भइरहेको पाइनछ । त्यस्तै आजपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाँकी प्रदेशका थोरै स्थानमा आज बिहीबार मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानाएको छ।
अहिले विहानीको समयमा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भैईरहेको छ। बाँकी केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
त्यस्तै दिउँसोको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का तथा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका १–२ ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
ाज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक तथा सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङदसहित हल्का तथा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती तथा गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस