
नारी बाटिका

तस्विर : सन्दिप घिमिरे
धादिङ ८ असार – ।
धादिङको गल्छि –७ गल्छि मोडमा आज भारतिय बस दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । त्यस्तै दुघृटनामा १९ जना घाइते भएका छन् । सक्रवार पृथ्वी राजमार्ग गल्छि गाउँपालिका–७ गल्छि मोडमा काठमाडौंबाट भारतको राजस्थान तर्फ जादै गरेको Ar06e7031 नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त दुर्घटनमा परी राजस्थान निवासी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भयो ।
डिएसपी जैसवारका अनुसार बसमा ३० जना सवार रहेका थिए । दुर्घटनामा परी घाइते बनेका १९ जनाको अवस्था सामान्य रहेको जनाइएको छ । हाल घाइतेहरुको गल्छि स्थित स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ।








प्रतिक्रिया दिनुहोस