आज:  | Thu, 02, May, 2024

कांग्रेस–एमाले बिच समीकरण गरी सरकार बनाउने चर्चा

८ असार २०८०, शुक्रबार २०:३३ मा प्रकाशित ( १0 महिना अघि) ५९९ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

काठमाडौं , ८ असार ।

केही दिन अगाडी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीर नेत्रविक्रम चन्द विप्लवको नेकपा नेपाल कम्युनिष्ट पार्टी बीच समाजवादी मोर्चा बनेको छ । चार दलको समिकरणमा समाजवादी मोर्चा बनेपछी आफ्नै पार्टीको समर्थनमा सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एव्ं प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड संग चिस्सिएको काँग्रेस यतिवेला एमाले संग समिकरण गरी सरकार बनउने रणनितीमा छ भन्ने चर्चा चलिरहेको छ ।

सत्तारुढ दलहरूले गठबन्धनभित्र उपगठबन्धन जस्तो मोर्चा गठन गरेका हुन् भन्ने पनि अर्को तर्फ चर्चा चलिरहेको छ । प्रधानमन्त्री बनाउने प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर रहेका बेला प्रचण्डले समाजवादी मोर्चा घोषणा गरेका हुन्। चार दिन अगाडि घोषणा भएको समाजवादी मोर्चाले मुख्य गरी प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमालेलाई टार्गेट गरेको छ। सत्ता सञ्चालनमा आफूलाई अप्ठ्यारोमा पार्ने हो की भनेर तर्सिएका प्रधानमन्त्री प्रचण्डले तीन दलका ५४ सांसद सरकार टिकाउने मुख्य रणनितीमा लागेका हुन्।

गठबन्धन भित्रै मोर्चा बनेपछि कांग्रेस पनि दंगै परेको छ । कांग्रेसका एक केन्द्रीय सदस्यले प्रधानमन्त्री प्रचण्डका पछिल्ला गतिविधिहरू आफ्नो पार्टीले नियालिरहेको बताउनु भयो । महामन्त्री गगन थापा निकट ती नेताले आफूहरूलाई दबाबमा राख्न प्रचण्डका गतिविधि स्वीकार्य नहुने बताउनु हुन्छ ।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन हामीले नै समर्थन गरेका हौं। तर,उहाँ मोर्चाका नाममा अनेक हर्कत गर्दै हुनुहुन्छ। मोर्चाबन्दी गरेर हामीलाई दबाबमा ल्याउन खोज्नु भएको हो भने यस्ता गतिविधि हामीलाई स्वीकार्य हुँदैनन्,। नाम उल्लेख नगर्ने सर्तमा उहाँले भन्नु भयो ।

गठवन्धनको सहमती बाट राष्ट्रपती पाएको कांग्रेसले प्रचण्डको असार ४ गतेको मोर्चाबन्दीबाट कांग्रेस झस्किएको छ। सरकारमा रही रहनको लागी अन्य तिन दललाई साथमा लिएर प्रचण्डको मोर्चाबन्दीबाट कांग्रेस झस्किएको हो। यता एमाले प्रचण्डले प्रधानमन्त्री बनाएको गुन बिर्सिएपछि क्रोधित छ। उसले प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाली छाड्ने रणनीति लिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस