आज: २०८३ बैशाख २८, सोमबार | Mon, 11, May, 2026

आजको मौसम :केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने

२०८३ बैशाख २८, सोमबार मा प्रकाशित ( ५७ मिनेट अघि) २१८ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
धादिङ २८ वैशाख ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली र मध्य तथा पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

यसका प्रभावले अहिले कोशी, बागमती र गण्डकी प्रदेशकलगायतका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागहरूमा आंशिक बादल लागेको छ। साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेछ ।

यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेश तथा देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने विभागले जनाएको छ । तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा हिमाली र पहाडी भू–भागका केही स्थानहरू लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस